मानवअधिकार आयोगले भन्यो- रवि जेलबाट भाग्नु गलत « Khabarhub

मानवअधिकार आयोगको प्रतिवेदन

मानवअधिकार आयोगले भन्यो- रवि जेलबाट भाग्नु गलत


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ गते भएको जेन-जी आन्दोलनका क्रममा कारागारबाट अनधिकृत रूपमा बाहिर निस्किएको घटनालाई लिएर सम्बन्धित व्यक्तिमाथि छानबिन गरी कानुनी कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ । 

तथ्य र विश्लेषण खण्डको प्रकरण नं. १५ मा गरिएको विवेचनाअनुसार उक्त कार्य कानूनविपरीत रहेको तथा मानवअधिकार उल्लंघन मात्र नभई कारागार ऐन, २०७९ को दफा ४९ अनुसार फौजदारी अपराधसमेत हुने उल्लेख गरिएको छ।

प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किएको घटनामा कसको कस्तो संलग्नता थियो भन्ने विषयमा विस्तृत अनुसन्धान गर्नुपर्ने उल्लेख छ । यस क्रममा नख्खु कारागारका जेलर सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू मनीष झा र हरि ढकाललगायतलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको छ।

दोषी ठहर भएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : ३४ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर