आयोगको निष्कर्ष : ‘टीओबी’ समूहले विद्यार्थीलाई मानव ढाल बनाएर संसद्‍ भवनमा आक्रमण गर्न लगायो « Khabarhub

आयोगको निष्कर्ष : ‘टीओबी’ समूहले विद्यार्थीलाई मानव ढाल बनाएर संसद्‍ भवनमा आक्रमण गर्न लगायो


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा तिब्बतीय ओरिजिनल ब्लड (टीओबी) समूहले घुसपैठ गरेर हिंसा भड्काएको निष्कर्ष निकालेको छ।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार भदौ २३ गते सुरू शान्तिपूर्ण प्रदर्शनलाई टीओबी समूहिले कब्जा गरेर हिंसा भड्काएको निष्कर्ष निकालिएको छ।

आयोगले ‘टीओबी’ नामक बाइकर समूहले आन्दोलनकारी विद्यार्थीहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आक्रमण र आगजनी गर्न उकासेको जनाएको छ।

प्रतिवेदनअनुसार भदौ २३ गते दिउँसो नयाँ बानेश्वरस्थित एभरेस्ट होटल आसपासका क्षेत्रमा प्रदर्शन भइरहेका बेला अचानक उक्त टीओबी समूहको प्रवेशले स्थिति भयावह बनेर हिंसात्मक हुन पुगेको हो ।

प्रतिवेदनमा आन्दोलन उग्र बन्दै गएपछि ‘टीओबी’ लेखेर कालो टिसर्ट लगाएका, हात र शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकरहरू देखा परेका उल्लेख छ। त्यही समूहले जेन-जीको शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकाहरूलाई निषेधित क्षेत्र तोड्दै अगाडि बढ्न उकासेको थियो ।

आयोगले आन्दोलनलाई विध्वंसात्मक र हिंसात्मक बनाउने योजना बनाएको उक्त समूहले आफूहरू सुरक्षाकर्मीसँग बच्न नवयुवा, जेन-जी र विद्यार्थीलाई सुरक्षा कवचका रूपमा उपयोग गरेको ठहर गरेको छ।

‘विध्वंसात्मक कार्य गर्ने गराउने समूहले नवयुवाको शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी नवयुवा र विद्यार्थीलाई ढाल बनाई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्दै संसद् भवनमा आक्रमण गरी आगजनी गर्ने प्रयाससमेत गरी धनजनको क्षति पुर्‍याएको स्पष्ट हुन आयो’, प्रतिवेदनमा भनिएको छ।

यस समूहले योजनाबद्ध रूपमा संसद् भवनभित्र पसेर आगजनी प्रयास गरेको थियो। टीओबीहरूको घुसपैठ र उत्तेजनाले स्थिति नियन्त्रण बाहिर जाँदा मानव अधिकार आयोगको सवारी साधन, एम्बुलेन्स र अन्य सरकारी कार्यालयका गाडीमासमेत तोडफोड र आगजनी गरिएको प्रतिवेदनमा उल्लेख छ।

आयोगले यस समूहको वास्तविक पहिचान र उनीहरूको आयोजकसँगको सम्बन्धबारे थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।

‘टीओबी लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका ती १५/२० जनाको बाइकर ग्रुपका व्यक्तिहरूको पहिचान, निजहरूको आयोजकहरूसँगको कस्तो सम्बन्ध रहेको छ ? उनीहरू कसैबाट सञ्चालित हुन् कि होइनन् ?’ भन्नेबारे सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पुग्न प्रतिवेदनमार्फत आयोगले भनेको छ।

आन्दोलनलाई हिंसात्मक दिशामा लैजाँदै निर्दोष विद्यार्थी र युवाहरूलाई ढाल बनाएर राज्यका प्रमुख संरचनामाथि प्रहार गर्न यस समूहले मुख्य भूमिका खेलेको आयोगले प्रतिवेदनमा भनेको छ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ६ : २८ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म