एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य « Khabarhub

आईपीएल

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २४४ रनको विशाल लक्ष्य दिएको छ ।

पञ्जाबको मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन बनाएको हो ।

राजस्थानका लागि वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै केवल २९ बलमा ९७ रनको उत्कृष्ट इनिङ खेले । उनले ३३४.४८ को स्ट्राइक रेटमा १२ छक्का र ५ चौका प्रहार गरे । यससँगै सूर्यवंशी एक आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् ।

उनले क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए भने सूर्यवंशीले यस सिजन ६५ छक्का पुर्‍याएका छन् ।

त्यस्तै, ध्रुव जुरेलले आफ्नो आईपीएल करियरकै सबैभन्दा छिटो अर्धशतक पूरा गरे । उनले मात्र २० बलमा फिफ्टी पूरा गर्दै ५१ रन बनाए। उनको इनिङमा ५ चौका र ३ छक्का समावेश थिए ।

सनराइजर्स हैदराबादका लागि प्रफुल हिंगेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि राजस्थानको ठूलो स्कोर रोक्न सकेन ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ९ : ५७ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर