एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य « Khabarhub

आईपीएल

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २४४ रनको विशाल लक्ष्य दिएको छ ।

पञ्जाबको मुल्लांपुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन बनाएको हो ।

राजस्थानका लागि वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै केवल २९ बलमा ९७ रनको उत्कृष्ट इनिङ खेले । उनले ३३४.४८ को स्ट्राइक रेटमा १२ छक्का र ५ चौका प्रहार गरे । यससँगै सूर्यवंशी एक आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् ।

उनले क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए भने सूर्यवंशीले यस सिजन ६५ छक्का पुर्‍याएका छन् ।

त्यस्तै, ध्रुव जुरेलले आफ्नो आईपीएल करियरकै सबैभन्दा छिटो अर्धशतक पूरा गरे । उनले मात्र २० बलमा फिफ्टी पूरा गर्दै ५१ रन बनाए। उनको इनिङमा ५ चौका र ३ छक्का समावेश थिए ।

सनराइजर्स हैदराबादका लागि प्रफुल हिंगेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि राजस्थानको ठूलो स्कोर रोक्न सकेन ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ९ : ५७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का