आज २०८३ साल असार १३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६ जुन २७ तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। यात्रामा सञ्चित धन खर्च हुने जोखिम छ। आम्दानी भन्दा खर्च बढ्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा तपाईंको प्रगति हुनेछ।

वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने योग छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। श्रमको मूल्य मिल्ने छ ।

मिथुन : सानो कामले पनि मनमा उत्साह बढ्नेछ।स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा सचेत बन्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

कर्कट : आज दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बनेको छ। संकटमा साथीको साथ मिल्नेछ। योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा गोपनीयता सुरक्षित गर्नुपर्ने छ। काममा उत्साह मिल्ने छ ।

सिंह : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ।

कन्या : तपाईंका लागि आजको दिन राम्रो छ। कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ। स्वदेशमा आम्दानीका  स्रोत पत्ता लाग्ने देखिन्छ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ।

तुला : प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ।

वृश्चिक : शुभ दिन छ। मन प्रशन्न रहने छ। कामबाट सन्तुष्टि मिल्ने छ। श्रमको प्रतिफल प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गरेमा ठुलो उपलब्धि हात लाग्नेछ ।

धनु : दिन सामान्य छ। तपाईंले खानपानमा ख्याल नगर्दास्वास्थ्यमा समस्या हुनेछ। सम्पत्तिका पछाडि लाग्दा सहकर्मीले छोड्ने छन्। शिक्षाको क्षेत्रमा देखिएको अल्छीपनले घाटा हुनेछ। श्रमको मूल्य भने मिल्नेछ ।

मकर : दिन राम्रो छ। आज तपाईंका लागि शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन शुभ छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ। मिहनेतको फल मिठाे हुनेछ ।

कुम्भ : मानसम्मान बढ्नेछ । संकटमा तपाईंको सुझबुझका कारण विपक्षीको साथ मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आज कम बोल्नु उपयुक्त हुनेछ । कामको मूल्याङ्कन हुँदा मनमा उत्साह बढ्ने छ ।

मीन : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारको साथ र सहयोग बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। शिक्षामा मिहिनेत गर्दा प्रगतिफल प्रप्त होला।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ४ : ४६ बजे

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा