पहिलो हाफमा न्युजिल्याण्डविरुद्ध बेल्जियमलाई १–० गोलको अग्रता, इरान र इजिप्ट १–१ गोलको बराबरीमा « Khabarhub

फिफा विश्वकप

पहिलो हाफमा न्युजिल्याण्डविरुद्ध बेल्जियमलाई १–० गोलको अग्रता, इरान र इजिप्ट १–१ गोलको बराबरीमा


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो हाफमा समूह जी को खेलमा न्युजिल्याण्डविरुद्ध बेल्जियमले १–० गोलको अग्रता लिएको छ भने इरान र इजिप्टले १–१ गोलको बराबरी खेलेका छन् ।

क्यानाडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा जारी खेलमा बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिएका छन् ।

यसअघिका दुई खेलमा बराबरी खेलेको बेल्जियमको २ अंक छ भने न्युजिल्याण्डले एकमा हार र एकमा बराबरी खेल्दै १ अंक जोडेको छ ।

यस्तै, अमेरिकाको वासिङ्टनस्थित सियाटल रंगशालमा भइरहेको खेलमा इरान र इजिप्टले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका छन् ।

इजिप्टका महमुद साबेरले खेलको पाँचौँ मिनेटमा र इरानका रमिन रजाइनले १४औँ मिनेटमा गोल गरेका थिए ।

समूह चरणको पहिलो खेलमा बेल्जियमसँग १–१ गोलको बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा न्युजिल्याण्डलाई ३–१ गोलले हराएको थियो । इरानले दुईवटै खेलमा बराबरी खलेको थियो ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ९ : ४१ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम