पहिलो हाफमा न्युजिल्याण्डविरुद्ध बेल्जियमलाई १–० गोलको अग्रता, इरान र इजिप्ट १–१ गोलको बराबरीमा « Khabarhub

फिफा विश्वकप

पहिलो हाफमा न्युजिल्याण्डविरुद्ध बेल्जियमलाई १–० गोलको अग्रता, इरान र इजिप्ट १–१ गोलको बराबरीमा


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो हाफमा समूह जी को खेलमा न्युजिल्याण्डविरुद्ध बेल्जियमले १–० गोलको अग्रता लिएको छ भने इरान र इजिप्टले १–१ गोलको बराबरी खेलेका छन् ।

क्यानाडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा जारी खेलमा बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिएका छन् ।

यसअघिका दुई खेलमा बराबरी खेलेको बेल्जियमको २ अंक छ भने न्युजिल्याण्डले एकमा हार र एकमा बराबरी खेल्दै १ अंक जोडेको छ ।

यस्तै, अमेरिकाको वासिङ्टनस्थित सियाटल रंगशालमा भइरहेको खेलमा इरान र इजिप्टले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका छन् ।

इजिप्टका महमुद साबेरले खेलको पाँचौँ मिनेटमा र इरानका रमिन रजाइनले १४औँ मिनेटमा गोल गरेका थिए ।

समूह चरणको पहिलो खेलमा बेल्जियमसँग १–१ गोलको बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा न्युजिल्याण्डलाई ३–१ गोलले हराएको थियो । इरानले दुईवटै खेलमा बराबरी खलेको थियो ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ९ : ४१ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप