कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू) « Khabarhub

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल र प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रले साहसिक पदयात्रा, हिमाली सौन्दर्य र स्थानीय संस्कृतिको अद्वितीय अनुभव एकसाथ प्रदान गरिरहेको छ।

हेलम्बु गाउँपालिकाभित्र पर्ने छ्यादी घ्याङ नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको छ। काठमाडौंबाट मेलम्ची हुँदै यहाँ पुग्न सकिने भएकाले पदयात्रा रुचाउने पर्यटकका लागि यो आकर्षक गन्तव्य बनेको छ।

हालसम्म करिब सात किलोमिटर निर्माण सम्पन्न भएको हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पदयात्रा गर्दा घना जंगल, लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता, लालीगुराँस र विभिन्न प्रजातिका लेकाली फूलहरूले यात्रुलाई लोभ्याउने गर्छन्। हिमाली हावा, हरियाली वन, हिमशृङ्खला र ठाउँ–ठाउँमा रहेका चैत्यहरूले प्रकृति र संस्कृतिको अनुपम संगम प्रस्तुत गर्छन्।

पदयात्राका क्रममा सागबारी क्षेत्रमा मौसमले चुनौती दिए पनि करिब नौ घण्टाको यात्रापछि ठारेपाटी पुग्न सकिन्छ। ठारेपाटीमा पर्यटकका लागि सुविधासम्पन्न होटल उपलब्ध छन्। यही स्थानबाट प्रसिद्ध गोसाइँकुण्डको यात्रा पनि गर्न सकिन्छ। ठारेपाटीबाट थप करिब दुई घण्टाको पदयात्रापछि छ्यादी घ्याङ पुगिन्छ।

हेलम्बु गाउँपालिकाले समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको छ्यादी घ्याङको फेदीमा २०८३ जेठ २४ गते कार्यपालिका बैठकसमेत आयोजना गरेको थियो। गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा छलफल भएको थियो।

बैठकले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासलाई प्राथमिकता दिने विभिन्न नीतिगत निर्णय गरेको अध्यक्ष शेर्पाले बताए। उनका अनुसार हेलम्बुमा अझै धेरै सम्भावनायुक्त पर्यटकीय गन्तव्य छन्, जसको योजनाबद्ध विकासबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिने विश्वास गरिएको छ।

प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, साहसिक पदयात्रा र हिमाली जीवनशैलीको अनुभव गर्न चाहने पर्यटकका लागि हेलम्बु अहिले नयाँ आकर्षक गन्तव्यका रूपमा उदाउँदै गएको छ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  २ : २० बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका