भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार « Khabarhub

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति शाली दुईवटा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट घटनाको ३२ घण्टापछि एउटा नवजात शिशुलाई सकुशल उद्धार गरिएको छ ।

सामाजिक सञ्जालमा शुक्रबार साझा गरिएको भिडियोमा उद्धारकर्ताहरूले भत्किएको भवनमाथि ‘फ्लडलाइट’ को उज्यालोमा काम गर्दै शिशुलाई बाहिर निकालेको देखिन्छ । राजधानी काराकासको उत्तरमा रहेको सबैभन्दा बढी प्रभावित शहर ला ग्वाइरामा शुक्रबार राति उद्धारकर्मी शिशुको उद्धार गर्न सफल भएपछि उपस्थित मानिसहरूले खुशी व्यक्त गरेका थिए ।

भिडियोमा उद्धारकर्ताहरूले कम्बलले बेरेर शिशुलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सतर्कतापूर्वक हस्तान्तरण गरेका देखिन्छ । शिशुलाई निकालेपछि हल्का र नरम कागजले धुलैधुलो भएको बच्चालाई पुछेर सफा गरेको देखिन्छ।

भिडियो सार्वजनिक गर्ने युजर एन्ड्रेइना किन्टेरोका अनुसार शिशु मात्र १८ दिनको थियो र ३२ घण्टासम्म भग्नावशेषमा फसे पनि उसलाई कुनै चोट लागेको छैन। शिशुको आमालाई बच्चा उद्धार भएको एक घण्टापछि उद्धार गरिएको थियो ।

शुक्रबारको अर्को फलोअप भिडियोमा किन्टेरोले आमालाई अस्पतालको बेडमा देखाउनुभएको छ भने एक स्वास्थ्यकर्मीले बच्चालाई कुनै चोट नलागेको बताए ।

स्वास्थ्यकर्मीले आमाले आफ्नो शरीर वा अर्को कुनै वस्तुले बच्चालाई ढाकेर जोगाएको अनुमान गरेका छन् । बुधबार आएको ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पबाट कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् वा बेपत्ता छन्।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  १० : ४२ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय