निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’ « Khabarhub

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा र मणिपुर (भारत) का साहित्यकार भवानी अधिकारीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

दाहाल यज्ञनिधि सुधा सदनको बैठकले नेपाली भाषा, साहित्य, शिक्षा, कला र समावेशी संस्कृतिमा विशिष्ट योगदान पुर्‍याएबापत उनीहरूलाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो। ताम्रपत्रसहित प्रस्तुत पुरस्कारको राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ।

सदनकी अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा शिक्षण पेसासँगै नेपाली भाषा-साहित्य र पाठ्यक्रम निर्माणमा समर्पित अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्र निर्माण गरी सीमान्तकृत समुदायका कथा विश्वमञ्चसम्म पुर्‍याएका सुब्बालाई सम्मान गर्न लागिएको हो।

पुरस्कृत व्यक्तित्व अधिकारी दुई दशकदेखि नेपाली र मणिपुरी साहित्य सिर्जनामा सक्रिय छन्। उनका ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ लगायतका कृति प्रकाशित छन्। उनले मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन समेत गरेका छन्।

त्यस्तै, चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय निर्देशक सुब्बाले ‘नुमाफुङ’, ‘दलन’, ‘गुडबाइ काठमाडौँ’ र ‘गाउँ आएको बाटो’ जस्ता बहुचर्चित चलचित्र तथा शृङ्खलाको निर्देशन गरिसकेका छन्।

पुरस्कार आगामी साउन २५ गते काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजना गरिने विशेष समारोहमा अर्पण गरिनेछ। सदनमा ५१ लाख रुपैयाँको अक्षयकोश रहेको र सोही ब्याजबाट हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ।

साथै, दाहाल यज्ञनिधिले अध्यापन गराएको भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) बाट कक्षा ८ उत्तीर्ण गर्दा नेपाली विषयमा उत्कृष्ट जीपीए ल्याउने दुई जना छात्रछात्रालाई ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ प्रदान गरिँदै आएको सदनले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : २८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्