देवानगञ्जको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने « Khabarhub

देवानगञ्जको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सुनसरीको देवानगञ्ज तनावपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजे बाजाको प्रयोगमा रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले सोमबार सूचना जारी गर्दै मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि सार्वजनिक वा निजी कार्यक्रममा डिजे बजाउन तथा प्रयोग गर्न निषेध गरिएको जानकारी दिएका छन्।

प्रशासनले आदेशको उल्लंघन गर्दै डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गर्दै अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायम रहने जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : १४ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले