हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू) « Khabarhub

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका धेरै स्थानीय गहिरो चिन्तामा परेका छन् । 

बाढीमा आफन्त बेपत्ता भएपछि उनीहरू खोजी र उद्धारको आशामा भौँतारिन बाध्य भएका छन् ।

बेपत्ताको खोजी तथा बाढीमा फसेकाहरूको उद्धारका लागि परिवारका सदस्य र आफन्तजन नुवाकोट सदरमुकाम विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा पुगेर नाम टिपाइरहेका छन् ।

बाढीपछि आफ्ना आफन्तको अवस्थाबारे जानकारी नपाउँदा पीडित परिवारमा पीडा बढेको छ । कतिपय परिवारले आफन्तको खोजीका लागि सुरक्षाकर्मी तथा उद्धार टोलीसँग हारगुहार गरिरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा निरन्तर खटिएका छन् । विस्थापित बनेका स्थानीयका लागि सुरक्षित स्थानको खोजी र आवश्यक राहतको व्यवस्थापनसमेत भइरहेको छ।

विनाशकारी बाढीले घर, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारका अगाडि अहिले सबैभन्दा ठुलो प्रश्न बनेको छ, ‘हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ?’

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  १ : ४२ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६