हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू) « Khabarhub

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका धेरै स्थानीय गहिरो चिन्तामा परेका छन् । 

बाढीमा आफन्त बेपत्ता भएपछि उनीहरू खोजी र उद्धारको आशामा भौँतारिन बाध्य भएका छन् ।

बेपत्ताको खोजी तथा बाढीमा फसेकाहरूको उद्धारका लागि परिवारका सदस्य र आफन्तजन नुवाकोट सदरमुकाम विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा पुगेर नाम टिपाइरहेका छन् ।

बाढीपछि आफ्ना आफन्तको अवस्थाबारे जानकारी नपाउँदा पीडित परिवारमा पीडा बढेको छ । कतिपय परिवारले आफन्तको खोजीका लागि सुरक्षाकर्मी तथा उद्धार टोलीसँग हारगुहार गरिरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा निरन्तर खटिएका छन् । विस्थापित बनेका स्थानीयका लागि सुरक्षित स्थानको खोजी र आवश्यक राहतको व्यवस्थापनसमेत भइरहेको छ।

विनाशकारी बाढीले घर, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारका अगाडि अहिले सबैभन्दा ठुलो प्रश्न बनेको छ, ‘हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ?’

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १ : ४२ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका