कैलाश तीर्थयात्रामा बाढीको असर « Khabarhub

कैलाश तीर्थयात्रामा बाढीको असर


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । 

नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि कैलाश क्षेत्रको तीर्थयात्रा प्रभावित भएको हो ।

दक्षिणपश्चिमी तिब्बतमा चीन–नेपाल र भारतको सीमाना नजिकै रहेको कैलाश पर्वत समुद्र सतहबाट छ हजार ४०० मिटरभन्दा बढी उचाइमा छ । 

मानसरोवर ताल नजिक रहेको यो पर्वत हिन्दू, बौद्ध, जैन तथा तिब्बती बोन परम्पराका अनुयायीका लागि पवित्र मानिन्छ । हिन्दू धर्ममा कैलाशलाई भगवान् शिव र देवी पार्वतीको निवास तथा बोन परम्परामा आध्यात्मिक शक्तिको केन्द्र मान्ने धार्मिक विश्वास छ ।

तीर्थयात्रीहरू सामान्यतः कैलाश पर्वत आरोहण नगरी करिब ५३ किलोमिटर परिक्रमा गर्ने गर्छन् । यो यात्रा पूरा गर्न करिब तीन दिन लाग्न सक्छ । 

हिन्दू तथा बौद्ध धर्मावलम्बीले घडीको दिशामा र बोन अनुयायीले विपरीत दिशामा पर्वतको परिक्रमा गर्ने परम्परा छ । मानसरोवरमा केही हिन्दू तीर्थयात्रीले धार्मिक शुद्धिका लागि स्नान गर्ने तथा मार्गमा रहेका मठ र पवित्र स्थलमा पूजा–प्रार्थना गर्ने गर्छन् ।

भारत सरकारले हरेक वर्ष जुनदेखि अगस्ट वा सेप्टेम्बरसम्म उत्तराखण्ड र सिक्किम हुँदै कैलाश मानसरोवर तीर्थयात्रा सञ्चालन गर्छ । निजी सञ्चालकले नेपाल हुँदै पनि तीर्थयात्रा आयोजना गर्ने गरेका छन् ।

यसपटकको विपद्मा भारतका कम्तीमा १७८ जना बेपत्ता रहेको र तीमध्ये अधिकांश कैलाश तीर्थयात्रामा गएको विश्वास गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडाका नागरिकसमेत बेपत्ता भएको बताइएको छ ।

भारतीय आध्यात्मिक गुरु जग्गी वासुदेव (सद्गुरु) ले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो ईशा फाउन्डेसनले आयोजना गरेको समूहका ७७ जना तीर्थयात्री बाढी आउँदा तिब्बतको ग्यिरोङस्थित अध्यागमन केन्द्रमा रहेको बताएका छन् । उनका अनुसार ती तीर्थयात्री कैलाश क्षेत्रबाट फर्किरहेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ३ : ०८ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक