रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन « Khabarhub

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिका–९ राइनासकोटका ३६ वर्षीय राजन थापा माथिल्लो हाइड्रोपावरको टिमुरे बेसक्याम्पमा काम गर्ने क्रममा सम्पर्कविहीन भएका हुन् । 

यस्तै मर्स्याङ्दी गाउँपालिका–९ ढाकगाउँका ३६ वर्षीय युवराज भण्डारी टिमुरेस्थित सशस्त्र प्रहरी बलको बेसक्याम्प (बिओपी) मा कार्यरत रहँदा सम्पर्कविहीन भएका छन् । 

यसैगरी दोर्दी गाउँपालिका–६ पैरेखोलाका ३५ वर्षीय रामकुमार तामाङ रसुवामा मजदुरी गर्ने क्रममा सम्पर्कविहीन भएको सूचना अधिकारी क्षेत्रीले बताए । 

मर्स्याङ्दी गाउँपालिका–३ खोपडीका ३४ वर्षीया रमिला भण्डारी रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा सब–इञ्जिनियरका रूपमा कार्यरत रहँदा सम्पर्कविहीन भएका छन् ।

यस्तै बेँसीशहर नगरपालिका–११ कोलडाँडाका ४३ वर्षीया राधिका घर्ती र सोही वडाका ४५ वर्षीय झपटबहादुर घर्ती रसुवास्थित जलविद्युत् आयोजनामा खाना पकाउने काम गर्दै आएकामा बाढीपछि सम्पर्कविहीन भएका छन् । 

बेँसीसहर नगरपालिका–११ चितीका २९ वर्षीय कुमार परियार रसुवाको एक होटलमा काम गर्दै आएकामा बाढीपछि सम्पर्कविहीन भएको सूचना अधिकारी क्षेत्रीले बताए । 

बेँसीसहर नगरपालिका–१ चितीका ३५ वर्षीय सुगम सिलवाल ट्रेकिङका लागि रसुवा पुगेको अवस्थामा बाढीमा परी सम्पर्कविहीन भएका छन् । 

राइनास नगरपालिका–६ की २६ वर्षीया अनुष्का पाण्डे चिलुवाल र उनका दुई वर्षीय छोरा आयुष चिलुवाल पनि रसुवाको बाढीपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

रसुवामा आएको बाढीपछि लमजुङबाट काम तथा अन्य प्रयोजनका लागि रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको सूचना अधिकारी क्षेत्रीले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  २ : ५७ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक