प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख « Khabarhub

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ ।

संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले १५ लाख र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट पाँच लाख गरी २० लाख दाखिला गरेको हो ।

‘राष्ट्र विपद्मा परेका बेला नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ’, प्रिन्सिपल जोशीले भने, ‘राष्ट्र दुःखमा हुँदा हामी पनि सँगै छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ ।’

रसुवाको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनः स्थापनाका लागि मकवानपुरका विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग गर्नेक्रम जारी छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ३ : ३८ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक