भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश « Khabarhub

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार समवेदना सन्देश पठाएका छन्।

सीले विपद्का कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा नेपाल सरकारप्रति समवेदना प्रकट गरेका हुन्।

चीनले केरुङलगायत सीमावर्ती क्षेत्रमा अवस्थाको निरन्तर मूल्यांकन गर्दै उद्धार तथा राहत कार्य अघि बढाइरहेको जनाएको छ।

नेपाल–चीन सीमामा आएको प्राकृतिक विपद्का कारण सीमा क्षेत्रको आवागमन तथा उद्धार कार्य प्रभावित भइरहेका बेला चीनको उच्चस्तरीय बैठकबाट नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय भएको हो।

चीनले शुक्रबार नै नेपालसँग सीमा जोडिएको चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार गएको विनाशकारी बाढी-पहिरोपछि चीनले नेपालका प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेतृत्वमा शुक्रबार बसेको उच्चस्तरीय बैठकले नेपालमा बाढीपहिरोबाट प्रभावित क्षेत्रमा आवश्यक आपत्कालीन सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

नेपाल–चीन सीमा क्षेत्रमा पछिल्लो समय आएको बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याएपछि चीनले उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग उपलब्ध गराउने भएको हो।

केरुङ क्षेत्रमा गएको बाढीपहिरो र त्यसपछि सिर्जित जोखिमका कारण सीमावर्ती क्षेत्रमा दुवैतर्फ उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको छ।

सीपीसी केन्द्रीय समितिका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार पार्टी नेतृत्वको बैठकको अध्यक्षता गर्दै केरुङ काउन्टीमा बुधबार गएको पहिरोपछि भइरहेको उद्धार तथा राहत कार्यको समीक्षा गरेका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ४ : ०१ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक