रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग « Khabarhub

रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागी दशरथचन्द नगरपालिकाले तीन लाख  रुपैयाँ सहयोग उपलब्ध गराउने नगरप्रमुख पुष्करराज जोशीले जानकारी दिए । 

नगर प्रमुखस्तरीय निर्णय अनुसार विपद् प्रभावित नागरिकका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको उनले बताए ।
 
यस्तै पाटन नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५० हजार रुपैयाँ जम्मा गर्ने लागि  नगरप्रमुख गौरीसिंह रावलले बताए । 

दोगडाकेदार गाउँपालिकाले कोषमा २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सो गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । यस्तै जनप्रतिनिधिको दुई दिन बराबरको पारिश्रमिक पनि कोषमा जम्मा गर्ने निर्णय भएको उनले बताए । 

यसैगरी शिवनाथ गाउँपालिकाले बाढीपीडितका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ । 

सिगास गाउँपालिकाले कोषमा एक  लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

बाढीपछि आठ जना सम्पर्कविहीन

भोटेकोशीमा गएको बाढीपछि बैतडीका आठ जना सम्पर्कविहीन भएका छन् । दुई जना सुरक्षाकर्मीसहित उनीहरु सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

डिलाशैनी गाउँपालिकाका तीन, सुर्नया गाउँपालिकाका दुई तथा सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक/एक जना सम्पर्कविहीन रहेका छन् । 

त्रिशूली हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–६ का ३१ वर्षीय हरिश चन्द, रसुवा हाइड्रोपावरमा कार्यरत पञ्चेश्वर गाउँपालिका–६ बिजुलका ४० वर्षीय देवबहादुर चन्द सम्पर्कविहीन रहेका छन् ।

त्यस्तै, डिलासैनी गाउँपालिका–७ धामीगाउँका २८ वर्षीय पूर्णसिंह धामी र २७ वर्षीय विशाल धामी, रसुवाको सशस्त्र प्रहरी बीओपी टिमुरेमा कार्यरत डिलासैनी–२ मल्ला छेपट्टाकी बिनिता बोहरा तथा लाङटाङ हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–५ बिष्टपालीका २५ वर्षीय केशव बिष्ट पनि बाढीपछि सम्पर्कविहीन छन् ।

यसैगरी, इलाका वन कार्यालय इलाममा कार्यरत रही नुवाकोटमा परीक्षा दिन गएका सिगास गाउँपालिका–७ का २३ वर्षीय लक्ष्मण ऐर र रसुवागढी प्रहरी चौकीमा कार्यरत दोगडाकेदार गाउँपालिका–२ का हिक्मत महरा पनि बाढीपछि सम्पर्कविहीन भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए । रासस

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : १४ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक