भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा « Khabarhub

भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन् । 

नेपाल विद्युत् प्राधिकरणले आज दिएको जानकारीअनुसार ६० मेगावाटको अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा हराएका ११ कर्मचारी सम्पर्कमा आएका हुन् ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले सञ्जोगकुमार केसी, मोहन ज्ञवाली, रवीन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी सम्पर्कमा आएका जानकारी दिए । 

उनका अनुसार प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ । 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : १७ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक