इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ « Khabarhub

 इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताएका छन् । हर्मुज जलघाँटी खुले पनि त्यसलाई सैन्य अभियान अन्त्य भएको सङ्केतका रूपमा नलिन उनले चेतावनी दिएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हालैको द्वन्द्वपछि इरान गम्भीर सैन्य तथा आर्थिक दबाबमा रहेको दाबी गरे । उनले इरानसँग सैन्य क्षमता सीमित रहेको र मुलुक आर्थिक समस्यामा परेको बताए । ‘होर्मुज खुला छ भन्दैमा हामीले सैन्य कारबाही समाप्त गर्‍यौँ भन्ने होइन’, उनले भने ।

राष्ट्रपति ट्रम्पले भविष्यमा हुन सक्ने अमेरिकी सैन्य कारबाहीका सर्त वा योजनाबारे कुनै विवरण दिएनन् । उनले इरानी नेतृत्वसँग तत्काल वार्ता गर्ने सम्भावनालाई समेत अस्वीकार गर्दै इरानसँग अहिले वार्ता गर्नुपर्ने अवस्था नरहेको बताए।

यसैबीच, रुसले इरानसँगको सम्बन्ध घटाउन असफल भए कारबाही गर्ने आफ्नो अभिप्राय छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले निर्णय परिस्थितिमा निर्भर रहने बताए । उनले हर्मुजको विषयमा रुसले अहिलेसम्म ‘राम्रो व्यवहार’ गरेको उल्लेख गरे । तर रुसले के कदम चालेको हो भन्ने उनले स्पष्ट पारेनन् ।

ट्रम्पका पछिल्ला भनाइ महत्त्वपूर्ण समुद्री मार्ग पुनः खुले पनि वासिङ्टनले इरानसँग तत्काल कूटनीतिक संवाद अघि नबढाउने सङ्केतका रूपमा आएका छन् । अमेरिकी प्रशासनले तेहरानमाथि आर्थिक प्रतिबन्ध, सैन्य दबाब र थप कारबाहीको सम्भावनालाई निरन्तरता दिएको छ ।

ओमान र इरानबीच रहेको हर्मुज जलघाँटी खाडीलाई अरब सागर र ओमानको खाडीसँग जोड्ने महत्त्वपूर्ण ऊर्जा मार्ग हो । विश्व बजारमा खाडी मुलुकबाट तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्तिका लागि यसको प्रमुख भूमिका रहेको छ । रासस
 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : २१ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक