नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी « Khabarhub

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ ।

शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६ : ३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो । 

उनी अगस्ट १७ देखि हेमोलिटिक एनीमियाको उपचारमा थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवराज्ञी मेट्टे–मेरिटसहित परिवारका सदस्य अस्पताल पुगेका थिए । राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनलाई सरल, आत्मीय र सबैलाई समेट्ने राजाका रूपमा स्मरण गरिएको छ ।

राजा हेराल्ड सन् १९९१ मा सिंहासनमा बनेका थिए । पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्याका कारण उनले पेसमेकर राखेका थिए । आधिकारिक कार्यक्रमसमेत घटाएका थिए । यद्यपि संसद्समक्ष जीवनभर सेवा गर्ने शपथ लिएको भन्दै उनले पदत्याग गर्न अस्वीकार गर्दै आएका थिए ।

राजाको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री जोनास गह्र स्टोरले जर्मनीको कार्य भ्रमण रद्द गरेका थिए । यसैबीच, शाही परिवार पछिल्लो वर्ष स्वास्थ्य समस्या र विभिन्न विवादका कारण चर्चामा रह्यो । रानी सोन्जा पनि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए ।

युवराज हाकोनकी पत्नी मेट्टे–मेरिटको जेफ्री एपस्टिनसँगको सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो । 

उनका छोरा मारियस बोर्ग होइबीलाई बलात्कारलगायत ३२ अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको छ भने उनले फैसलाविरुद्ध अपिल गरेका छन्।

राजा हेराल्डको सरल जीवनशैली र समावेशी भूमिकाका कारण उनी नर्वेली जनतामाझ लोकप्रिय थिए । उनको निधनपछि युवराज हाकोनले राजगद्दी सम्हालेका छन् ।
 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ५ : ३० बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक