प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ « Khabarhub

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख आर्थिक सहयोग गरेको छ ।

शुक्रबार साँझ अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुगेकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत १० लाख रुपैयाँ कोषमा जम्मा गरेका हुन्।

बाढीमा परी अकाल्मै ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अपर्ण गर्दै अस्पताल प्रमुख अन्सारीले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।

उनका अनुसार राज्यसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने अहिलेको आवश्यकता छ।

उनले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको उपचार तथा मानवीय सेवाका क्षेत्रमा थप सहयोगको आवश्यक परे सहकार्यलाई निरन्तरता दिने आफू तयार रहेको जनाए । कार्यक्रममा सहभागी पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले यस्तो विपदको समया आर्थिक सहयोग गर्नु भनेको धेरै सराहनीय कार्य रहेको जनाए ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ७ : ५९ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि