उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित « Khabarhub

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट भएको जनधनको क्षतिले सिर्जना गरेको संवेदनशील एवं शोकपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै मूल समारोह स्थगित गर्ने निर्णय गरिएको जनाएको हो ।

“बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य” भन्ने मूल नाराका साथ यस वर्ष पुस्तकालय दिवस मनाउने तयारी गरिएको थियो । मन्त्रालयका सचिवको अध्यक्षतामा गठित उन्नाइसौँ पुस्तकालय दिवस मूल समारोह समितिले दिवसलाई देशव्यापी रूपमा मनाउन विभिन्न कार्यक्रमको तयारी अघि बढाएको थियो ।

तर, मुलुकका विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै शोक, पीडा र मानवीय संकट सिर्जना भएकाले यस्तो अवस्थामा मूल समारोह आयोजना गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै भदौ १५ गतेका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको हो ।

यद्यपि, मूल समारोह मात्र स्थगित गरिएको र पुस्तकालय दिवसका अन्य कार्यक्रम स्थगित गर्ने वा नगर्नेबारे मन्त्रालयबाट कुनै निर्णय वा निर्देशन जारी नभएको नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव एवं उन्नाइसौँ पुस्तकालय दिवस प्रचार–प्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले स्पष्ट गरेका छन् ।

उनका अनुसार मूल समारोहबाहेकका कार्यक्रमबारे देशभरका सामुदायिक तथा सार्वजनिक पुस्तकालय र सम्बन्धित संस्थाले स्थानीय परिस्थितिअनुसार आफैँ निर्णय गर्न सक्नेछन् । आवश्यकता अनुसार कार्यक्रम स्थगित गर्न वा कार्यक्रमको स्वरूप तथा शैलीमा परिवर्तन गर्न सकिनेछ ।

धेरै पुस्तकालय तथा संस्थाले यसअघि नै कार्यक्रम तय गरिसकेकाले विपद्बाट प्रभावित नागरिकको पीडालाई ध्यानमा राख्दै कार्यक्रमलाई सरल, मर्यादित र सन्देशमूलक रूपमा सञ्चालन गर्न सकिने पाण्डेयले बताए ।

उनले विपद्को संवेदनशील घडीमा पुस्तकालयकर्मी तथा पुस्तकालयप्रेमीहरूलाई पनि प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा केन्द्रित हुन आग्रह गरेका छन् ।

कार्यक्रम स्थगित गर्ने वा स्वरूप परिवर्तन गर्ने विषयमा आवश्यक निर्णय गर्ने अधिकार सम्बन्धित आयोजक संस्थाकै स्वविवेकमा रहने पाण्डेयले स्पष्ट पारे ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ८ : २७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल