सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ « Khabarhub

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका कारण उत्पन्न अकल्पनीय विपद्को कठिन घडीमा आशा कायम राख्दै उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत बाढीका कारण धेरै अमूल्य जीवन गुमेको र कैयौँ परिवारले अभिभावक, सन्तान, दाजुभाइ–दिदीबहिनी तथा प्रियजन गुमाउनुपरेको उल्लेख गरेका छन् । घरबार र सहारा दुवै गुमाएर पीडामा रहेका परिवारप्रति उनले दुःख व्यक्त गरेका छन् ।

उनका अनुसार तीन दिनदेखि उद्धार तथा खोजी कार्य निरन्तर भइरहेको छ। सम्पर्कविहीन नागरिकको जीवन रक्षा, उद्धार गरिएकाको सुरक्षा तथा घाइतेको उपचारका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरिरहेको उनले बताएका छन् ।

कठिन भूगोल, प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बीच उद्धार कार्यलाई निरन्तरता दिनु ठूलो चुनौती बनेको मन्त्री श्रेष्ठको भनाइ छ। यस्तो अवस्थामा पीडा र अनिश्चितता सबैले महसुस गरिरहेको उनले उल्लेख गरेका छन् ।

उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक, स्वयंसेवक र स्थानीय नागरिकहरू अहोरात्र खटिरहेको भन्दै मन्त्री श्रेष्ठले उनीहरूको साहस, समर्पण र मानवीय सेवाप्रति सम्मान व्यक्त गरेका छन् ।

सम्पर्कविहीन आफन्तको अवस्थाबारे यकिन जानकारी नहुँदाको पीडा निकै कठिन हुने उल्लेख गर्दै उनले प्रतिकूल मौसम र रातको समयमा उद्धार प्रभावित हुने चिन्ताले परिवारजनको मन भारी हुने बताएका छन् ।

तर, यस्तो कठिन घडीमा पनि आशा कायम राख्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले सम्पर्कविहीन बुबाआमा, दाजुभाइ–दिदीबहिनी तथा प्रियजनलाई भोलिको उज्यालोसँगै सकुशल भेट्न पाइयोस् भन्ने प्रार्थना गर्न आग्रह गरेका छन् ।

उनले विपद्को यस घडीमा सबै एकअर्काको साथमा रहेको सन्देशसमेत दिएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ८ : ५८ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५