पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो « Khabarhub

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले सुरक्षा थ्रेटको बहानामा पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा नेकपा सांसद युवराज दुलालले विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने मुख्य जिम्मेवारीबाट सरकारको ध्यान अन्यत्र मोडिएको बताए  । 

मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विना पक्राउ पुर्जी र विना कारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त र नयाँ ‘स्टन्ट’ देखाएको उनले बताए ।

उनले पूर्वप्रधानन्यायाधीशलाई जेन्जीबाट सुरक्षा थ्रेट रहेको भनिएको सन्दर्भमा, पक्राउ सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि हुनेलाई भन्दै प्रश्न उठाए । उक्त घटनाको जवाफ सरकारले नेपाली जनतालाई दिनुपर्ने भन्दै उनले देशलाई स्वेच्छाचारी ढंगले नभई कानुनी र संवैधानिक बाटोमा हिडाउन माग गरे ।

त्यस्तै एमाले सांसद ऐन महरले मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपहरण तथा गुण्डागर्दी शैलीमा बिना कसुर र बिना अभियोग पक्राउ गरी सरकारले ’राज्य आतंक’ देखाएको आरोप लगाए । 

कानुन मिच्ने जोकोहीलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्न सक्ने भएपनि सरकारले पूर्वाग्रह र विरोधका आधारमा नागरिकलाई तर्साउने, धम्क्याउने र हुर्मत लिने काम गरेको उनले बताए  ।

उहाले सरकारले जेन्जीको काँधमा टेकेर सत्ता चलाउने तर अहिले तिनै जेन्जीलाई बदनाम गर्न सुरक्षा थ्रेटको आरोप लगाउने काम गरेको भन्दै, थ्रेट दिने वास्तविक व्यक्तिहरू भए तिनलाई सार्वजनिक गरी कारबाही गर्न माग गरे ।  
 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १२ : ०२ बजे

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी