राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज « Khabarhub

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ ।

म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको पावरप्याक्ड ऊर्जासँगै प्रतियोगिताको अन्तिम चरणमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने कम्पनीको अपेक्षा छ ।

कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।

आज हुने फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि १,००० अमेरिकी डलर रहेको छ ।

महिला ई–स्पोट्र्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा र सम्भावनालाई थप उजागर गर्नेछ ।

म्याक्स टाइगरको पावरप्याक्ड एनर्जीले फाइनलको उत्साह, जोश र प्रतिस्पर्धात्मक माहोललाई अझ ऊर्जावान बनाउने छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : ३१ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म