मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज « Khabarhub

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज भएको छ । 

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाएको थियो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज बिहान महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको जानकारी दिए । प्रहरीका अनुसार अहिले पानीको बहाव ९८ हजार क्यसेक मापन गरिएको छ । 

भारतीय पक्षले एक लाख क्युसेक बहाव नाघेपछि पुल जीर्ण भएको कारण देखाउँदै ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ, पोखरालगागत स्थानका लागि आजदेखि यातायात सेवा सञ्चालन भएको महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले जानकारी दिए ।

‘वर्षाका कारण काठमाडौँका यात्रुवाहक बस चार दिनदेखि र सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात बन्द गरिएको थियो’, अध्यक्ष भट्टले भने, ‘मौसममा सुधार आएसँगै यातायात सेवा पनि आजदेखि सुरु भइसकेको छ ।’

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  २ : ५४ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्गलाई खुलाउन अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको