संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने « Khabarhub

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिको सभापति चयनका लागि बुधबार दिउँसो २ बजे निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम तय गरेका हुन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिको कार्यावधि तीन महिना तोकिएको छ । आवश्यकताअनुसार समितिको म्याद थप गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

समितिले भोटेकोशी–त्रिशूली विपद्को कारण, प्रभाव र क्षतिको अध्ययन तथा अनुगमन गर्नेछ । साथै विपद्को उत्पत्ति, घटनाक्रम, तत्कालीन कारण तथा जोखिम बढाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन गर्ने कार्यादेश पाएको छ ।

त्यसैगरी समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, विपद्सँग जलवायु परिवर्तनको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरबारे अध्ययन र समीक्षा गर्नेछ ।

समितिले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामको अनुगमन गर्नुका साथै विपद् जोखिम न्यूनीकरण र पूर्वचेतावनी प्रणालीको अध्ययन गरी आवश्यक सुझावसमेत दिनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : ०८ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको