संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने « Khabarhub

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिको सभापति चयनका लागि बुधबार दिउँसो २ बजे निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम तय गरेका हुन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिको कार्यावधि तीन महिना तोकिएको छ । आवश्यकताअनुसार समितिको म्याद थप गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

समितिले भोटेकोशी–त्रिशूली विपद्को कारण, प्रभाव र क्षतिको अध्ययन तथा अनुगमन गर्नेछ । साथै विपद्को उत्पत्ति, घटनाक्रम, तत्कालीन कारण तथा जोखिम बढाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन गर्ने कार्यादेश पाएको छ ।

त्यसैगरी समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, विपद्सँग जलवायु परिवर्तनको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरबारे अध्ययन र समीक्षा गर्नेछ ।

समितिले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामको अनुगमन गर्नुका साथै विपद् जोखिम न्यूनीकरण र पूर्वचेतावनी प्रणालीको अध्ययन गरी आवश्यक सुझावसमेत दिनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : ०८ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र