बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी « Khabarhub

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका लागि अवरोध हटाउने कार्य जारी छ ।  

बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ । 

पछिल्लो वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । 

खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए । 

केही स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै केही समय लाग्ने सक्ने उनले जानकारी दिए ।  

उनले जापानी ठेक्का अन्तर्गतको काभ्रेपट्टिको अन्तिम खण्डमा बाढीले सडक धेरै बगाएकाले काम सम्पन्न हुन मंगलबारसम्म लाग्ने सडक डिभिजन कार्यालयका प्राविधिकहरूले जनाएको उल्लेख गरे । 

काभ्रेका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूले अवरुद्ध बीपी राजमार्गको स्थलगत निरीक्षण समेत गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : ३८ बजे

तस्बिरमा हेर्नुहोस्, चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ