नेप्से परिसूचक १६.४७ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक १६.४७ अंकले घट्यो


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३४ अङ्कले घटेर ४६७.६७ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक १.११ अङ्कले घटेर १८०.०७ विन्दुमा र सेन्सेटिभ फ्लोट परिसूचक ०.४८ अङ्कले घटेर १५७.८८ विन्दुमा कायम भएको छ।

आज कुल १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ।

आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

कारोबारमा केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर र प्राइम बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले कमाएका छन्। हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : ५० बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले