नेप्से परिसूचक १६.४७ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक १६.४७ अंकले घट्यो


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३४ अङ्कले घटेर ४६७.६७ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक १.११ अङ्कले घटेर १८०.०७ विन्दुमा र सेन्सेटिभ फ्लोट परिसूचक ०.४८ अङ्कले घटेर १५७.८८ विन्दुमा कायम भएको छ।

आज कुल १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ।

आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

कारोबारमा केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर र प्राइम बैंक डिबेञ्चरलगायतका लगानीकर्ताले कमाएका छन्। हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : ५० बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए