बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री « Khabarhub

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १,००० मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन् ।  

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद श्रेष्ठले बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको र प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति पुग्दा राष्ट्रिय विद्युत् प्रणालीमा करिब १,००० मेगावाट उत्पादन अवरुद्ध भएको बताए  । 

हालैको वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा १३ आयोजनाका करिब ३७० मेगावाट उत्पादन प्रभावित भएको उनले बताए । उनले विद्युत् उत्पादनसँगै प्रसारण पूर्वाधार नहुँदा विद्युत् प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे ।

हेटौंडा–ढल्केबर प्रसारण लाइन चार्ज भएपछि पूर्वको विद्युत् पश्चिम र पश्चिमको विद्युत् पूर्व लैजान सहज हुने र यसले पूर्व–पश्चिम जोड्ने समस्या समाधान गर्ने उनले बताए  । 

उनले प्रणाली व्यवस्थापनका लागि आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै अपुग विद्युत् भारतबाट आयात गरी व्यवस्थापन भइरहेको जानकारी दिए।  

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ५ : १९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म