बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री « Khabarhub

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १,००० मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन् ।  

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद श्रेष्ठले बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको र प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति पुग्दा राष्ट्रिय विद्युत् प्रणालीमा करिब १,००० मेगावाट उत्पादन अवरुद्ध भएको बताए  । 

हालैको वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा १३ आयोजनाका करिब ३७० मेगावाट उत्पादन प्रभावित भएको उनले बताए । उनले विद्युत् उत्पादनसँगै प्रसारण पूर्वाधार नहुँदा विद्युत् प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे ।

हेटौंडा–ढल्केबर प्रसारण लाइन चार्ज भएपछि पूर्वको विद्युत् पश्चिम र पश्चिमको विद्युत् पूर्व लैजान सहज हुने र यसले पूर्व–पश्चिम जोड्ने समस्या समाधान गर्ने उनले बताए  । 

उनले प्रणाली व्यवस्थापनका लागि आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै अपुग विद्युत् भारतबाट आयात गरी व्यवस्थापन भइरहेको जानकारी दिए।  

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ५ : १९ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी