३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त « Khabarhub

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र रवीना टण्डनको जोडी फेरि ठूलो पर्दामा फर्किने भएको छ। तर यसपटक उनीहरू नयाँ फिल्ममार्फत नभई सन् १९९४ को सुपरहिट फिल्म ‘मोहरा’को पुनः प्रदर्शनमार्फत दर्शकमाझ आउन लागेका हुन्।

करिब ३२ वर्षपछि हलमा फर्किन लागेको ‘मोहरा’ नोभेम्बर ६ मा प्रदर्शन हुनेछ। फिल्मको निर्माण कम्पनी त्रिमूर्ति फिल्म्स प्राइभेट लिमिटेडले भिडियो सार्वजनिक गर्दै पुनः प्रदर्शनको जानकारी दिएको हो। रोचक कुरा के छ भने, हलमा फर्किएको ‘मोहरा’को प्रतिस्पर्धा रणवीर कपुर, साई पल्लवी र यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘रामायण’सँग हुनेछ।

‘मोहरा’ कथा र कलाकारका कारण मात्र होइन, यसका लोकप्रिय गीतका कारण पनि दर्शकमाझ विशेष छ। ‘तू चीज बडी है मस्त मस्त’, ‘टिप टिप बरसा पानी’, ‘सुबह से लेकर शाम तक’ र ‘ऐ काश कहीं ऐसा होता’ जस्ता गीतले फिल्मलाई अझ चर्चित बनाएका थिए। ‘तू चीज बडी है मस्त मस्त’कै कारण रवीनाले बलिउडमा ‘मस्त मस्त गर्ल’को उपनामसमेत पाएकी थिइन्।

फिल्ममा अक्षय र रवीनासँगै सुनील शेट्टी, नसीरुद्दीन शाह र परेश रावलले अभिनय गरेका छन्। करिब ३ करोड ७५ लाख भारुमा बनेको ‘मोहरा’ले भारतमा १२ करोड २ लाख भारु नेट कमाइ गरेको थियो भने विश्वभरबाट २२ करोड ६५ लाख भारु कमाएको बताइन्छ। पुरानो हिट फिल्म र नयाँ मेगा बजेटको ‘रामायण’ एकै समयमा हलमा आउँदा दर्शकले कुनलाई बढी प्राथमिकता दिन्छन् भन्ने चासो बढेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  २ : १८ बजे

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री