बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ ।

मनसुन सकिएसँगै हरियालीले सजिएको निकुञ्जका कच्ची बाटा मर्मत गरी पर्यटकका लागि जङ्गल सफारी पुनः खुला गरिएको गाभर भ्याली सामुदायिक घरबास ‘होमस्टे’का अध्यक्ष कृष्ण चौधरीले बताए ।

उनका अनुसार, नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जका रूपमा चिनिने बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधतले भरिपूर्ण छ । यहाँ पाइने दुर्लभ र संरक्षित वन्यजन्तु ‘चौसिङ्गा’ (चारवटा सिङ भएको मृग) यस निकुञ्जको मुख्य आकर्षण हो । चौसिङ्गासँगै पाटेबाघ, हात्ती, गैँडा, चितुवा, र विभिन्न प्रजातिका चराचुरुङ्गीको अवलोकन गर्न पाउँदा यहाँ पुग्ने जो कोही रोमाञ्चित हुन्छन् ।

यसपटक पर्यटकलाई आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले विशेष छुटसहित मात्र रु एक हजारको नयाँ प्याकेज समेत सार्वजनिक गरेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ । यो प्याकेजले मध्यमवर्गीय र युवा पर्यटकलाई निकै आकर्षित गरेको छ । यस प्याकेजले कम खर्चमै जङ्गल सफारी र वन्यजन्तु अवलोकनको अनुभव दिलाउने चौधरीले बताए ।

‘वर्षातपछि जङ्गलको रूप नै फेरिएको छ । चारैतिर हरियाली र ताजा हावा छ,’ गाभर भ्यालीका अध्यक्ष चौधरीले भने, ‘जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिले स्वागत गर्न आतुर छौँ ।’

पश्चिम नेपालमा सुलभ मूल्यमा साहसिक र प्राकृतिक यात्रा गर्न चाहनेका लागि बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली अहिले उत्कृष्ट गन्तव्य बनेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले बताए ।

‘सहरी कोलाहलबाट मुक्त भई प्रकृति र स्थानीय संस्कृतिको नजिक पुग्न चाहने पर्यटकका लागि यो मौसम उपयुक्त अवसर हो,’ उनले भने, ‘वर्षायामको हरियाली र ओसिलो जङ्गलको आफ्नै आकर्षण हुन्छ भने हिउँदमा जङ्गलको दृश्य, वन्यजन्तको गतिविधि नियाल्ने अवसर र खुला मौसमले सफारीलाई फरक अनुभव दिन सक्छ ।’

जीपमा बसेर जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पति नियाल्नु र जङ्गलको विशालतालाई महसुस गर्नु आफैँमा एउटा विशेष अनुभव हुने अध्यक्ष वलीले बताए ।

बाँके राष्ट्रिय निकुञ्जप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । आर्थिक वर्ष २०८२–०८३ मा निकुञ्जमा एक हजार ४६६ पर्यटक पुगेका थिए । अघिल्लो आर्थिक वर्ष यो संख्या ६२० र २०८०–०८१ मा ४४४ थियो ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनको लागि निजी क्षेत्रसँग समन्वय गरेर विशेष योजनाका साथ अगाडि बढेको निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ६ : ३६ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर