जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै « Khabarhub

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् ।

नेपालस्थित जर्मनी दूतावासका अनुसार भ्रमणका क्रममा उनले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य क्षेत्र तथा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनेछिन्।

नेपाल बसाइका क्रममा राज्यसचिव कोफ्लरले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदार संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्नेछिन् । भेटवार्तामा दुई देशबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने दूतावासले जनाएको छ ।

जर्मनीको सङ्घीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ । उक्त रकम तत्कालीन मानवीय सहायता, प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र दीर्घकालीन पुनर्निर्माण तथा विकास सहयोगमा खर्च गरिनेछ ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न राज्यसचिव कोफ्लर नुवाकोट पनि जानेछिन्। त्यहाँ उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रभावित नागरिकसँग अन्तर्क्रिया गरी मानवीय सहायता र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिनेछिन्।

काठमाडौंमा उनले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाहरूको भ्रमण गर्नुका साथै स्वास्थ्य क्षेत्रका सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्नेछिन्।

भ्रमणका क्रममा नेपालका वर्तमान तथा भावी विकासक्रम र चुनौतीबारे पनि छलफल हुने दूतावासले जनाएको छ । छलफलमा गत वर्ष भएको जेन्जी आन्दोलन र नेपालको सङ्क्रमणकालीन न्यायका विषयसमेत समेटिनेछन् ।

सन् २००४ देखि जर्मन संसद्को सदस्य रहेकी कोफ्लर सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन्। उनले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आएका छन् ।

राज्यसचिव कोफ्लरले यसअघि सन् २०२२ मा पनि नेपालको भ्रमण गर्नुभएको थियो । यस पटकको भ्रमणले नेपाल र जर्मनीबीच लामो समयदेखि कायम विकास सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १२ : ३१ बजे

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही