पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’ « Khabarhub

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र दुर्गेश थापाबीच गीतको पारिश्रमिकलाई लिएर विवाद चर्किएको छ । चर्चित गीत ‘दुस्मन हेरेको हेर्‍यै’ मा स्वर दिएका कार्कीले पारिश्रमिक पाउन करिब एक वर्ष कुर्नुपरेको बताएपछि सुरु भएको विवाद अहिले सार्वजनिक आरोप–प्रत्यारोपसम्म पुगेको छ ।

एक टेलिभिजन अन्तर्वार्तामा कार्कीले आफूले दुर्गेशको गीतमा स्वर दिएको र एउटा चलचित्रका लागि समेत गीत गाएको तर पारिश्रमिक भुक्तानीमा समस्या भएको गुनासो गरेका थिए । त्यसको जवाफमा दुर्गेशले विज्ञप्ति जारी गर्दै ‘दुस्मन हेरेको हेर्‍यै’ को पारिश्रमिक दिइसकेको र चलचित्रको गीतको भुक्तानीमा आफू जिम्मेवार नरहेको बताएका थिए ।

दुर्गेशको जवाफपछि कार्कीले पुनः विज्ञप्ति जारी गर्दै आफ्नो असन्तुष्टि रकममा मात्र सीमित नभएको स्पष्ट पारेका छन् । पारिश्रमिक कलाकारको श्रमको न्यायोचित मूल्य भएको उल्लेख गर्दै उनले त्यसका लागि लामो समय कुर्नुपर्ने अवस्था सामान्य व्यावसायिक अभ्यास हुन नसक्ने बताएका छन् ।

कार्कीका अनुसार उनले दुर्गेशलाई आफ्नै भाइजस्तो ठानेर सुरुमा धैर्य गरेका थिए । तर, पटक–पटक फोन, एसएमएस र मेसेन्जरमार्फत सम्पर्क गर्दा पनि समस्या समयमै समाधान हुन सकेन । अन्ततः पारिश्रमिक पाए पनि त्यसका लागि करिब एक वर्ष प्रतीक्षा गर्नुपरेको उनको भनाइ छ।

विवाद समाधानका लागि चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेतले पनि पहल गरेका छन् । कार्कीका अनुसार बस्नेतले चलचित्रका लागि दुर्गेशलाई डेढ लाख रुपैयाँको प्याकेज दिइएको र आफूले पारिश्रमिक नपाएको विषय भर्खरै थाहा पाएको बताएका थिए। बस्नेतले भुक्तानीका लागि क्यूआर कोड मागेपछि आफूले पठाइसकेको कार्कीले बताएका छन् ।

कार्कीले दुर्गेशलाई ‘बाबु’ सम्बोधन गर्दै आफ्नो माया र आशीर्वाद यथावत् रहेको उल्लेख गरेका छन् । साथै, सफलतासँगै अरूको श्रमको सम्मान र व्यावसायिक जिम्मेवारी पनि बढ्नुपर्ने उनको सन्देश छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १ : ३५ बजे

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो