६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै « Khabarhub

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीमाथि पुनरावलोकन गरी नतिजा प्रकाशन गर्ने कार्यलाई तीव्रता दिएको छ । 

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची प्रकाशन भइरहेको छ ।

‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ मा भएको व्यवस्थाबमोजिम आयोगले प्राप्त कागजात तथा प्रमाण अध्ययन गरी सम्बन्धित जिल्ला र तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने प्रक्रिया अघि बढाएको हो ।

विभिन्न प्रदेशमा शिक्षा हेर्ने मन्त्रालयअन्तर्गतका शिक्षा विकास निर्देशनालयबाट गरिएको कार्यसम्पादन मूल्याङ्कनविरुद्ध परेका उजुरी अध्ययन तथा छानबिन गरी आयोगले पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएको थियो । तर, आयोगका पदाधिकारी रिक्त भएपछि पछिल्लो छ महिनादेखि पुनरावलोकनको काम रोकिएको थियो ।

आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बुको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ । यसअघि गत असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बागलुङ, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कास्कीको नतिजा सार्वजनिक गरिएको थियो ।

नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । गत वैशाख १८ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण आयोगका पदाधिकारी रिक्त भएका थिए ।

नयाँ पदाधिकारी नियुक्त भएसँगै रोकिएको पुनरावलोकन प्रक्रिया अघि बढेको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  २ : ०३ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि