दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू) « Khabarhub

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ ।

तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरू चिन्तित भएका हुन् । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावै फूलेको छ ।  

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो । ४ लाख रुपैयाँ बढी आम्दानी भएपछि यो वर्ष थप क्षेत्रफलमा खेती विस्तार गरेको उनले सुनाइन् । 

भारतबाट आयात कम भएमा आफूहरूको उत्पादनले बजार पाउने उनको आशा छ । ‘अहिले तिहार केही पछाडी भएकाले फूल एक हप्ता अगाडि नै फूलेको छ । फूल कट्दैन कि भन्ने चिन्ता पनि लागेको छ,’ उनले भनिन्, ‘भारतबाट फूल पोहोरको जस्तै भित्रिएन भने कट्छ होला भन्ने आशा लागेको छ ।’ 

विदेशबाट निर्यात हुने फूललाई विस्थापन गर्ने उद्देश्यले कोदो, मकै, बोडी लगाउने बारीमा फूल खेती गरेको उनले बताइन् । 

तनहुँमा म्याग्दे, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी, भीमाद र व्यास नगरपालिकामा किसानले व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।

तस्बिर : विनोद ढुंगाना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ४ : ०२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य