निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी « Khabarhub

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाही हुन सक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ ।

‘द वाल स्ट्रिट जर्नल’ ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै बुधबार प्रकाशित गरेको समाचारअनुसार अमेरिका र इजरायल इरानविरुद्ध अर्को चरणको ठूलो सैन्य कारबाहीको तयारीमा जुटेका छन् ।

समाचारमा उल्लेख भएअनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले गोलाबारुदको भण्डार पुनः भरिरहेका छन् भने बमवर्षक र लडाकु विमानलाई सम्भावित आक्रमणका लागि तयारी अवस्थामा राखिएको छ । इजरायलले पनि नयाँ आक्रमणको योजना बनाउँदै सम्भावित लक्ष्यहरू पहिचान गरिसकेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने अन्तिम निर्णय भने गरिसकेका छैनन् । यद्यपि, इरानका पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो आक्रमण गर्ने योजनातर्फ अमेरिका अघि बढिरहेको समाचारमा उल्लेख छ ।

ट्रम्पले गत साता इरानसँग सम्झौता हुन सक्ने सम्भावना औँल्याउँदै त्यसो नभए अमेरिकाले पुनः बमबारी अभियान सुरु गर्न सक्ने बताएका थिए ।

यसअघि ट्रम्पले मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएका थिए । त्यसैले निर्वाचनपछि अमेरिका र इजरायलले इरानविरुद्ध कस्तो कदम चाल्छन् भन्ने विषयमा चासो बढेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ६ : १२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको