नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द « Khabarhub

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम उडान रद्द गरेको छ।

निगमले सूचना जारी गर्दै काठमाडौं–दमाम (आरए २४१) र दमाम–काठमाडौं (आरए २४२) का लागि निर्धारित उडान स्थगित गरिएको जनाएको हो।

निगमका अनुसार कात्तिक १४ गते काठमाडौं–दमाम र कात्तिक १५ गते दमाम–काठमाडौंका लागि तय भएका उडान रद्द गरिएका छन्। यात्रुको सुरक्षा र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै उडान स्थगित गर्ने निर्णय गरिएको निगमले जनाएको छ।

निगमले साउदी अरेबियाको सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र परिस्थितिमा सुधार आएपछि आगामी उडानबारे जानकारी गराउने बताएको छ।

रद्द भएका उडानका टिकट लिएका यात्रुले अतिरिक्त शुल्कबिना यात्राको मिति परिवर्तन गर्न सक्ने निगमले जनाएको छ। त्यस्तै, यात्रा रद्द गरी टिकटको रकम फिर्ता लिन चाहने यात्रुले पूरा रकम फिर्ता पाउने व्यवस्था गरिएको निगमले स्पष्ट पारेको छ।

उडान रद्द हुँदा यात्रुलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गर्दै थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल तथा काठमाडौं र दमामस्थित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ७ : १४ बजे

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश