टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने « Khabarhub

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टेस्ट राष्ट्रको फ्रेन्चाइज लिगको च्याम्पियन ट्रफी पाउँदा खुशी लागेको बताएका छन् ।

बिपीएर च्याम्पियन बनेर नेपाली टिममा फर्किएका सन्दीपले भने, ‘लामो समयपछि टेस्ट राष्ट्रको फ्रेन्चाइज लिगमा फर्कंदा खुसी थिएँ । उपाधि जित्नु अझ विशेष रह्यो ।’ उनले आफूले कम अवसर पाए पनि अवसर पाउँदा महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।

बिपीएलमा सन्दीपको टिमले फाइनलमा चटगाउँ रोयल्सलाई ६३ रनले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्याट्रिङ गरेको राजशी वारियर्सले १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको चटगाउँ रोयल्स १११ रनमा समेटिएको थियो ।

चार खेलमा प्लेइङ ११ मा परेका सन्दीपले ११५ रन खर्चिएर पाँच विकेट हात पारे। सुरुवातका खेलमा पहिलो रोजाइमा परेका सन्दीप पछिल्ला खेलमा प्लेइङ ११ मा पर्न सकेका थिएनन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ३८ बजे

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई ताप्लेजुङमा छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,