तेस्रो पौवादुङमा गोल्डकप आजदेखि « Khabarhub

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगिता’ सुरु हुँदैछ ।

आज दिउँसो हुने उद्घाटन खेलमा नेपाली सेनाको नयाँ श्रीनाथ गण र जाल्पादेवी एफसी पाख्रीवास, धनकुटाबीच प्रतिस्पर्धा हुनेछ ।

‘हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसियाली’ भन्ने नाराका साथ हुने प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको नयाँश्रीनाथ गण सहित जिल्ला बाहिर र भित्रका १६ वटा टिमले सहभागिता जनाउने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको गोल्डकपको तालिका अनुसार जाल्पादेवी एफसी पाख्रीवास, जरायोटार एफसी भोजपुर, अलस्टार क्लव धरान, छथर गाउँपालिका तेह्रथुम, योङ्ग ब्वायज धरान, कोदार फुटवल क्लव भोजपुर, तालतलैया एफसी इटहरी, टेम्केमैयुङ गाउँपालिका भोजपुर र आयोजक समितिको सहभागिता हुनेछ ।

यस्तै मिरमिरे युवा क्लब सङ्खुवासभा, दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ, बुढीगंगा गाउँपालिका मोरङ, बुढासुव्वा आन्द्रङ धनकुटा, सिंहदेवी एफसी भामराङ र गोलबजार युनाइटेड क्लब सिरहाको सहभागिता हुने छ ।

माघ १४ देखि २३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेगाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : ३३ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव