एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण « Khabarhub

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को आफ्नो मान्यतालाई नवीकरण गराएको छ । यो नवीकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको छ ।

गत वर्ष, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो । यो मान्यता र यसको नवीकरणले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।

नवीकरण प्रक्रियाअनुसार, आइएसओद्वारा तोकिएको निकायमार्फत  अडिटर नियुक्त गरी एनसेलमा सर्भेलेन्स अडिट गरिएको थियो । आइएसओ मापदण्डअनुसार मूल्याङ्कन गर्दै अडिटरले एनसेलका सूचना सुरक्षा तथा डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आइएसओद्वारा निर्धारित मापदण्ड अनुरूप रहेको पुष्टि गरेको हो । यी मान्यताहरु आगामी एक वर्षसम्म मान्य रहनेछन् ।

नवीकरण भएका यी मान्यताहरूको स्कोपमा ग्राहक डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजमा रहेका छन् । यसले एनसेलले गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरूमा उच्चतम मापदण्डहरू पुरा गरेको प्रष्ट पार्दछ ।

यी अन्तर्राष्ट्रिय मान्यताहरूले ग्राहकहरूका लागि सुरक्षा थप मजबुत बनाउँदै उनीहरूलाई आफ्नो व्यक्तिगत र संवेदनशील जानकारीहरू एनसेलमा सुरक्षित रहेको प्रत्याभूति प्रदान गर्दछ । साथै उनीहरूका जानकारीहरू अत्यन्तै सावधानी र उत्तरदायित्वका साथ कम्पनीले व्यवस्थापन गर्दै आएको प्रमाणित गर्दछ ।

ग्राहक र साझेदारहरूको डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ । त्यसै गरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लङ्घनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ ।

आइएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरूको डाटा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पुरा गर्दै एक सुरक्षित प्रणालीले संरक्षण गरिरेहको सुनिश्चित गर्दछ । यी मान्यताहरुले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रबिन्दु रहेको सुनिश्चित गर्दछ ।

एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरू न्यूनिकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएका छन् र कम्पनीले सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ११ : १० बजे

स्वास्थ्य बीमा संकट : टिचिङले सेवा रोक्दा वीरमा बिरामीको चाप

नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने प्रभावकारी कार्यक्रमका रूपमा लिइएको स्वास्थ्य

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह