एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१ « Khabarhub

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता आइएसओ २७००१:२०२२ (आइएसएमएस) र आइएसओ २७७०१:२०१९ (पीआइएमएस) नवीकरण गराएको छ।

नवीकरणसँगै कम्पनीले ग्राहकको सूचना सुरक्षा र गोपनीयतामा आफ्नो नेतृत्वदायी भूमिकालाई थप सुदृढ बनाएको जनाएको छ।

गत वर्ष एनसेल आइएसएमएस र पीआइएमएस दुवै प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो। यो मान्यता र यसको नवीकरणले ग्राहकको डेटा सुरक्षित राख्ने एनसेलको दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीको भनाइ छ।

नवीकरण प्रक्रियाअन्तर्गत आइएसओले तोकेको मान्यता प्राप्त निकायमार्फत सर्भेलेन्स अडिट गरिएको थियो। अडिटका क्रममा सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी एनसेलका सुशासन प्रक्रिया आईएसओका निर्धारित मापदण्डअनुसार रहेको पुष्टि भएको छ। नवीकरण गरिएका यी मान्यताहरू आगामी एक वर्षसम्म मान्य रहनेछन्।

मान्यताको स्कोपभित्र ग्राहक डेटा सेन्टर, ग्राहक सेवा तथा आईटी सर्भिसेज समावेश छन्। यसले एनसेलले गोपनीयता सुनिश्चित गर्न अपनाएका अभ्यासहरू उच्च अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको स्पष्ट पार्छ।

कम्पनीका अनुसार यी अन्तर्राष्ट्रिय मान्यताले ग्राहकहरूको व्यक्तिगत र संवेदनशील जानकारी सुरक्षित रहेको भरोसा बढाएको छ। साथै ग्राहक र साझेदारहरूको डेटा साइबर थ्रेट तथा अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त सुरक्षा उपायहरू निरन्तर रूपमा कार्यान्वयन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १ : १० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको