जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी « Khabarhub

जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।

पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्ने लगायत विषय समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।

उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसद्लाई विघटन गरेर एनजीओ- आइएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको आरोप लगाए ।

समयमै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले बताए ।

अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको धारणा राखे ।

उनले हरेक निर्वाचनबाट मुलुकलाई अप्ठेरोमा पार्ने व्यक्ति नै सत्तामा आउने गरेको भन्दै यसपटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्नेलाई मद्दत गरेर सदनमा पठाउन आग्रह गरे । आफ्नो पार्टीसमेत निर्वाचनमा होमिएकाले मत दिन उनले अपील गरे ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : ४८ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर