सेवा प्रदायक संस्थाको पुरानो खर्च मापदण्ड खारेज गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय  « Khabarhub

सेवा प्रदायक संस्थाको पुरानो खर्च मापदण्ड खारेज गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय 


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई दिइने बजेट खर्चसम्बन्धी पुरानो मापदण्ड खारेज गर्ने निर्णय गरेको छ।

बोर्डको मिति २०८२ पुस २४ गते बसेको बैठकले तत्कालीन सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ सालमा जारी गरेको खर्च मापदण्डसम्बन्धी सर्कुलर निर्णय नं.६ खारेज गर्ने निर्णय गरेको हो । यससँगै अब सेवा प्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी गरिने रकम प्रचलित कानुन तथा नियमावलीअनुसार खर्च गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

यसअघि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन भएका जिल्लामा सेवा प्रदायक संस्थाले समितिबाट प्राप्त रकमलाई औषधि, उपकरण, जनशक्ति, प्रोत्साहन भत्ता र प्रशासनिक खर्च शीर्षकमा तोकिएको प्रतिशतका आधारमा खर्च गर्नुपर्ने व्यवस्था थियो । सो मापदण्डअनुसार औषधिमा ३५ प्रतिशत, उपकरणमा ३० प्रतिशत, जनशक्तिमा १५ प्रतिशत, प्रोत्साहन भत्तामा १० प्रतिशत र प्रशासनिक खर्चमा १० प्रतिशत छुट्याउने व्यवस्था थियो ।

तर समयक्रमसँगै सेवा लागत, औषधि मूल्य र सञ्चालन खर्चमा आएको परिवर्तनलाई मध्यनजर गर्दै स्वास्थ्य बीमा बोर्डले सो व्यवस्था खारेज गरी अब भुक्तानी तथा खर्च प्रणालीलाई प्रचलित कानुनअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्था तथा सरोकारवालालाई नयाँ व्यवस्था अनुसार दाबी भुक्तानी रकम खर्च गर्न र त्यसअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । 

यसले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको पारदर्शिता, वित्तीय अनुशासन र प्रभावकारिता बढाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ४२ बजे

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समेट्न दलहरूलाई वकालत पत्र

काठमाडौं– आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न