बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु « Khabarhub

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ ।

घेवारचौरस्थित ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दीको आमा चुङ्दी बिरामी भएकाले उनको स्वास्थ्यावस्था बुझ्न पुगेका छिमेकी तामाङले सोही समयमा भइरहेको शेर्पा र उनका छोराको विवाद समाधानका लागि सम्झाउने प्रयास गरेका थिए । 

बाबुछोराको विवाद बढ्दै गएसँगै बीचमा रहेर छुट्याउन लागेका तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको हो । उनको शरीमा चोटपटक केही नभएको हुँदा शवको परीक्षणपश्चात् मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
    
शव परीक्षणका लागि आज त्रिशूली अस्पतालमा ल्याइएको छ भने घटनाका सम्बन्धमा कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पाले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’मा नियन्त्रणमा राखेर अनुसन्धानका लागि आज नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : २४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग