घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार « Khabarhub

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राजनीतिक दलहरूले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएका छन् ।

मुख्य राजनीतिक दलहरूले निर्वाचन परिचालन समिति गठन गरी घरदैलो अभियानलाई जोड दिएका हुन् । उम्मेदवारहरु घरदैलो अभियानमा भ्याइनभ्याइ छन् ।

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले चुनाव लक्षित एक हजार ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरी परिचालन गरेको छ । नेकपाबाट यस क्षेत्रमा माधवप्रसाद पन्त उम्मेदवार छन् ।

यसैगरी, नेपाली कांग्रेसले पनि चुनावी तयारीका लागि विभिन्न समिति गठन गरी प्रचारप्रसारलाई तीव्रता दिएको छ । १५१ सदस्यीय प्रचारप्रसार समिति र क्षेत्रीय सहसचिव रमेशप्रसाद भट्टको संयोजकत्वमा नौ सदस्यीय सचिवालय समिति गठन गरी प्रचारप्रसार अगाडि बढाएको छ ।

कांग्रेसका तर्फबाट पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउद उम्मेदवार हुनुहुन्छ । चुनावी अभियानअन्तर्गत प्रदेशसभा (क) र (ख)मा अनुगमन समितिसमेत गठन गरी वडा तहसम्म परिचालन गरिएको पार्टीका क्षेत्रीय सभापति सिंहले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो प्रचारलाई गति दिएको छ । सो पार्टीका उम्मेदवार दीपकराज बोहराले मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि आफ्ना उम्मेदवार बचनबहादुर सिंहको पक्षमा जनमत सिर्जना गर्न प्रचारप्रसार अगाडि बढाएको छ । एमालेका कार्यकर्ता यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीर्थराज चटौत उम्मेदवार रहेका छन् । पार्टीको चुनावी प्रचारप्रसार समितिका सदस्य ललितबहादुर हमालले मतदाताको घर दैलोमा पुगेर मत मागिरहेको बताए । “पहिलो चरणको भेटघाट कार्यक्रम पूरा गरी दोस्रो चरणमा सबै मतदाताको घरदैलोमा पुगेर पार्टीको दृष्टिकोणबारे जानकारी दिन्छौँ”, उनले भने।

जनमत पार्टीका उम्मेदवार रामचन्द्र भट्टले चुनावी प्रतिबद्धतापत्रसहित उम्मेदवारको घर दैलोमा पुगेर मत मागिरहेको बताए । उनको प्रतिबद्धतापत्रमा शुक्लाफाँटा आरक्ष पीडितको स्थायी समाधान, सुकुम्बासीलाई लालपुर्जा, र प्राविधिक शिक्षालाई विशेष जोड दिइएको छ ।

जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कूल १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये चारजना स्वतन्त्र छन् ।यस निर्वाचन क्षेत्रमा एक लाख नौ हजार ५७४ मतदाता छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : ३२ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना