इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प « Khabarhub

इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि हमला गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गरेका छन् । भिडियो सन्देशमा उनले इरानमाथि जारी हमलामा अमेरिकी संलग्नता पुष्टि गरेका छन् ।

अमेरिका र इजरायली हमलासँगै इरानको राजधानी तेहरानसहित विभिन्न शहरमा विस्फोटको आवाज सुनिएको छ ।

महिनौँ लामो योजनापछि अमेरिका र इजरायल मिलेर संयुक्त रुपमा इरानमाथि हमला गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी गरेका छन् । त्यस्तै, आफूहरुले इरानसँग सम्झौताका लागि बारम्बार प्रयास गरेको उनको भनाइ छ ।

इरानले आणविक कार्यक्रम पुनर्निमाण गर्ने प्रयास गरेको भन्दै उनले इरानले आणविक हतियार प्राप्त नगरोस् भन्नेमा आफूहरु ढुक्क हुन चाहेको जनाएका छन् ।

उनले अमेरिका र अरुलाई जोखिममा पार्न इरानले लामो दूरीको क्षेप्यास्त्र पनि बनाइरहेको दाबी गरेका छन् । उनले अमेरिकाले इरानको क्षेप्यास्त्र र क्षेप्यास्त्र उद्योगलाई माटोमा मिलाइदिने चेतावनी पनि दिएका छन् ।

उनले इरानी नौसेना पनि ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  २ : ०३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको