‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री « Khabarhub

‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएअनुसार’ सर्वोच्च नेता आयतोल्लाह अली खामेनी जीवितै रहेको जनाएका छन् ।

अमेरिकी टेलिभिजन एनबीसी न्यूजसँगको अन्तर्वार्तामा खामेनीको अवस्थाबारे सोधिएको प्रश्नमा उनले ‘आफूलाई थाहा भएअनुसार’ उनी जीवित र स्वस्थ रहेको स्पष्ट पारेका हुन् ।

अन्तर्वार्ताका क्रममा मन्त्री अराघचीले ‘इरानमा सत्ता परिवर्तन’ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई ‘मिसन इम्पोसिबल’ को संज्ञा दिएका छन् ।

हाल अमेरिकासँग कुनै पनि किसिमको सूचना आदान प्रदान नभइरहेको जानकारी दिँदै उनले वार्ता चाहेको भए अमेरिकाले आफूहरुलाई सम्पर्क गर्ने जिकिर गरे । यद्यपि, कुनै पनि वार्ताको सम्भावनाका लागि शुरुमा आक्रमणहरू रोकिनुपर्ने उनको सर्त छ ।

भर्खरैका घटनाक्रमहरूमा इरानका एक वा दुई कमाण्डरहरू मारिएको स्वीकार गर्दै उनले अन्य अधिकांश उच्च अधिकारीहरू भने सुरक्षित रहेको दाबी गरे ।

परमाणु कार्यक्रमका सम्बन्धमा चर्चा गर्दै अराघचीले इरानको शान्तिपूर्ण परमाणु कार्यक्रमको ग्यारेन्टी गर्ने सम्झौतामा पुग्न सकिने सम्भावना अझै बाँकी रहेको उल्लेख गरे । साथै, उनले इरानसँग अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमताको क्षेप्यास्त्र नभएको र भविष्यमा पनि त्यस्तो हतियार बनाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ८ : ४१ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन