दुबईमा बुर्ज खलिफा खाली गराइयो, इरानको दक्षिण भागमा कम्तीमा ७० जना मारिए « Khabarhub

दुबईमा बुर्ज खलिफा खाली गराइयो, इरानको दक्षिण भागमा कम्तीमा ७० जना मारिए


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

यूएई- दुबईको प्रसिद्ध तथा विश्वकै सबैभन्दा अग्लो भवनलाई विस्फोटको आवाजपछि खाली गराइएको छ।

समाचार अनुसार अनुसार इरानले अमेरिका र इजरायलको हमलाको जवाफमा खाडी देशहरूतर्फ मिसाइल प्रहार गरेपछि विस्फोट भएका हुन्।

इरानले यूएईको अबूधाबी र दुबई, कतारको दोहा तथा साउदी अरेबियाको रियादका केही स्थानलाई निशाना बनाएको छ।

दुबईका बासिन्दाले शक्तिशाली विस्फोट सुनेको बताएका छन् । अहिले पनि आकाशमा मिसाइल उडिरहेको देखेको उनीहरूले बताएका छन्। एक प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति ठूलो थियो कि झ्यालहरू हल्लिएका थिए।

ट्रम्प बोले– जनताको स्वतन्त्रता मात्र चाहन्छु

अमेरिकी राष्ट्रपतिले वाशिङ्टन पोस्टसँगको कुराकानीमा आफू देशलाई सुरक्षित बनाउन चाहेको बताएका छन्। उनले भने, ‘म आफ्ना जनताका लागि स्वतन्त्रता मात्र चाहन्छु, सुरक्षित देख्न चाहन्छु।’

यसअघि उनले जारी गरेको भिडियोमा इरानी जनतालाई आफ्नै सरकारविरुद्ध उभिन आह्वान गरेका थिए। उनले भनेका थिए, ‘यस्तो मौका बारम्बार आउने छैन।’

दक्षिणी इरानमा ७० जनाको मृत्यु, ९० घाइते

दक्षिणी इरानको होरमोजगान प्रान्तमा भएका हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको छ । घटनामा ९० भन्दा बढी घाइते भएका छन्।

त्यहाँका स्वास्थ्य अधिकारीहरूले इरानी समाचार एजेन्सीलाई यो जानकारी दिएका हुन्। मिनाब र जास्क सहरमा हमला भएको बताइएको छ।

यसअघि मिनाबमा बालिकाहरूको विद्यालयमा हमला हुँदा ५० भन्दा बढीको ज्यान गएको खबर आएको थियो।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : १६ बजे

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला

स्ट्रेट अफ हर्मुजमा जहाजहरू प्रवेश निषेध गरिएको आईआरजीसीको उर्दी

काठमाडौं – इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड्स कोर

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा