प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवामा खटिनेका लागि निर्वाचन आयोगले सवारी पास वितरण सुरु गरेको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीले संयुक्त रूपमा सवारी पास वितरण सुरु गरेका हुन् ।

शुक्रबारदेखि सुरु भएको सवारी पास वितरणमा अत्यावश्यक सेवामा खटिनेको लाम बढ्न थालेपछि आइतबारदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरबाट पनि थप जनशक्ति मगाउन लागिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

आज र फागुन १८ गते फागु पूर्णिमा अर्थात् होलीको सार्वजनिक बिदामा पनि सवारी पास वितरण गरिने पनि उहाँले जानकारी दिए । आयोगमा शुक्रबारदेखि काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रशासकीय अधिकृत र गृह मन्त्रालयका शाखा अधिकृतसहितको डेस्क (कक्ष) खडा गरिएको छ ।

सो डेस्कमा आयोगका तर्फबाट सहायक प्रवक्ता जिसीले संयोजन गरिरहेका छन् । आयोग र जिल्ला प्रशासनको समन्वयमा दोहोरो नपर्ने गरी पास वितरण भइरहेको छ । शुक्रबार पहिलो दिन ६० वटा पत्रबाट सवारी पास वितरण गरिएको छ । एउटा पत्रबाट अधिकतम पाँच वटासम्म पास वितरण गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको