दुबईको पाम होटलमा खस्यो इरानी मिसाइल, भीषण आगलागी « Khabarhub

दुबईको पाम होटलमा खस्यो इरानी मिसाइल, भीषण आगलागी


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

यूएई- दुबईको पाम क्षेत्रस्थित एक चर्चित होटलमा इरानी मिसाइल हमलापछि आगलागी भएको छ।

दुबईस्थित पाम होटल एन्ड रिसोर्टमा इरानी ब्यालिस्टिक मिसाइल खसेको दाबी गरिएको छ। मिसाइल खसेपछि होटल परिसरमा आगलागी भएको खबर आएको छ।

घटनास्थलबाट लिइएको भनिएका तस्वीरहरूमा दुबईस्थित फेयरमोन्ट द पाम होटलमा आगो लागेको देखिएको छ।

यो घटना शनिबार दिउँसो भएको भनिएको छ। यद्यपि उपलब्ध तस्वीर र भिडियोहरूको स्वतन्त्र पुष्टि नभइसकेको बेलायतको चर्चित अनलाइन डेली मिररले जनाएको छ।

दुबई मरिनानजिक ठूलो विस्फोटको आवाज सुनेपछि मानिसहरू सुरक्षित स्थानतर्फ भागेका छन् । यूएईको राजधानी अबूधाबीमा भने आवासीय क्षेत्रमा खसेको मिसाइलको टुक्राका कारण एक जनाको मृत्यु भएको खबर छ।

घटनासम्बन्धी भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। यद्यपि ती सामग्रीको स्वतन्त्र पुष्टि भएको छैन। संयुक्त अरब इमिरेट्सका तर्फबाट अहिलेसम्म यस घटनाबारे कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानमा ‘ठूलो सैन्य कारबाही’मा संलग्न भएको बताएका छन्।

इजरायलका रक्षा मन्त्री इजरायल काट्ज ले इरानविरुद्ध ‘पूर्व–निवारक हमला’ गरिएको बताएका छन्। उनका अनुसार यी कारबाही ‘खतरा हटाउन’का लागि गरिएको हो। तेहरानमा प्रत्यक्षदर्शीहरूले विस्फोटको आवाज सुनेको बताएका छन्।

एसोसिएटेड प्रेसका अनुसार अमेरिका पनि इजरायलसँगै इरानमाथि गरिएका हमलामा सहभागी छ। इरानभर दर्जनौं आक्रमण भएपछि इरानले मध्यपूर्वका इजरायली र अमेरिकी सैन्य लक्ष्यहरूमा जवाफी हमला गरेको छ।

रिपोर्टअनुसार प्रहार भएका इरानी सहरहरूमा तेहरान, इस्फहान, तब्रिज, केरमानशाह र कोम रहेका छन्।

इरानले जवाफस्वरूप मध्यपूर्वका चार अमेरिकी सैन्य आधारहरूमा हमला गरेको दाबी गरिएको छ। ती आधारहरू कतार, कुवेत, यूएई र बहराइनमा छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : ४६ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला