पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी « Khabarhub

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।पक्राउ पूर्जी जारी गरेर प्रहरी ओलीको निवासमा पुगेको हाे । गृहमन्त्री सुधन गुरुङले एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्ने विषयमा मध्यरातसम्म छलफल गरेका थिए।

पूर्वगृहमन्त्री रमेश लेखक भक्तपुरको कटुन्जेबाट पक्राउ परिसकेका छन्।

शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।

ओली पक्राउ पर्न सक्ने सम्भावना देखिएपछि शुक्रबार रातिदेखि नै उक्त निवासमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू भेला भएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : २३ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले